देश

नेपालबाट पुनः भारतमा विद्युत् निर्यात सुरु



काठमाण्डौ, १३ जेठ । नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ । हिउँदयाममा नदीको पानी घटेपछि गएको पुष ३ गतेदेखि बन्द भएको विद्युत् निर्यात नदीमा पानीको बहाव बढेपछि हिजोदेखि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । हिजो झण्डै ६ सय मेगावाट विद्युत् भारत पठाइएको उहाँले बताउनुभयो ।

आज प्रसारण लाइन जाँचको लागि निर्यात बन्द गरेको र भोलिदेखि पुनः नियमित निर्यात हुने उहाँले बताउनुभयो । नेपालले केही अघिसम्म दैनिक ४ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा पछिल्ला केही दिन वर्षा भएकाले उत्पादन बढेर निर्यात गर्ने अवस्थामा पुगेको भट्टराईले बताउनुभयो । तर वर्षा रोकिएमा भने उत्पादन घटेर आयात गर्नुपर्ने अवस्था आउन पनि सक्ने उहाँको भनाइ छ । प्राधिकरणमा अनुसार हिजो झण्डै सात रुपैयाँप्रति युनिटका दरले निर्यात भएको छ ।

प्रकाशित : १३ जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६