समाचार

वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



जेठ १२,
काठमाडौं– धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्क्ष र वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्यितार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार वडाध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार रायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस, रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई ५० हजार घुसहित रंगेहात पक्राउ गरेको थियो।
चौधरी र रायको आपसी योजना तथा मिलोमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुचुल्काको रोहवरमा सहिछाप गर्नको लागि सेवाग्राहीसँग ५० हजार घुसररिसवत माग गरी लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६