प्रदेश

१६औं गणतन्त्र दिवसको अवसरमा सिनर्जीद्धारा वृक्षारोपण




कपिलवस्तु, १५ जेठ ।
१६औं गणतन्त्र दिवसको अवसरमा सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले वृक्षारोपण गरेको छ । नेपाली जनताको सङ्घर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको स्मरण गर्दै सिनर्जीले वृक्षारोपण गरेको हो ।


सिनर्जी बहुउद्देश्यीय सहकारीले बाणगंगा वडा न. ८ मा रहेको ओशो तथागत आश्रम वालापुरमा वृक्षरोपण गरेको हो । वृक्षरोपणमा वर, पिपल तथा स्वमीका विरुवा रोपण गरिएको छ । विरुवा रोप्ने मात्र हैन त्यसलाई हुर्काेउने जिम्मा समेत सिनर्जीकै रहेको बताईएको छ ।


सिनर्जी बहुउद्देश्यीय सहकारीका संचालक तथा कर्मचारीको उपस्थितीमा विक्षारेपण गरिएको थियो । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन प्रत्येक वर्षको जेष्ठ १५ गते लाई गणतन्त्र दिवसको रुपमा मनाउदै आइरहेको छ ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६