विचार/ब्लग

१६औँ गणतन्त्र दिवसको शुभकामना, ‘स्वदेशमै रोजगारी व्यवस्थापनमा लागोस सरकार’




कपिलवस्तु, १५ जेठ ।
१६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरणा मिलोस । यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यसै सन्दर्भमा नेपालको पर्यटनमा भविष्य उज्जवल रहेको ठानी व्यवसायीहरूले अत्यधिक लगानी गरी नेपालमा नै रोजगारीको व्यवस्थापन गर्ने महान् उद्धेश्यका साथ नयाँ‐नयाँ ब्राण्डका होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरु स्थापना भइरहेको र यस व्यवसायमा अत्यन्त चासो बढिरहेको समयमा उत्पन्न भएको विश्वव्यापी संकटले बि.स २०७९ को तुलनामा बि.स २०८० मा होटलको कूल आयमा करिव ९० प्रतिशतले ह्रास आउने प्रक्षेपण भएकोले हाल सम्म अस्तित्वमा रहेका होटल उद्योगहरूले सेवा बन्द गर्नु पर्ने अवस्था आएको छ । सामान्यतया पूराना स्थापित होटलहरूको अधिकतम् व्ययभार, चर्को घरभाडा, श्रमिक व्यवस्थापनमा, नयाँ होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरूको ऋण व्यवस्थापनमा र पर्यटकीय स्तरका साना होटलहरूको अत्यधिक खर्च घरभाडा लगायतका शीर्षकमा हुने हुँदा यो परिस्थितिमा खर्च व्यवस्थापनको सिद्धान्त अवलम्वन गर्दै होटल उद्योगको संरक्षण गर्न अति आवश्यक छ ।
कतिपय होटल तथा रेस्टुरेन्टहरूले सेवा बन्द गर्ने सम्मका निर्णय गर्नु परेको भनि यस होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुमा जानकारी समेत गराएको यस कठिन अवस्थामा श्रम ऐन, नियम भन्दा कसरी ‘बाँच्ने र बचाउने’ भन्ने विषयलाई सर्वोपरी राख्दै विशेष व्यवस्था गर्न अत्यावश्यक छ । एकातिर नेपालको पर्यटकीय होटलमा काम गर्ने श्रमिक तथा कर्मचारीहरूले प्राप्त गर्ने सेवा सुविधालाई हेर्ने हो भने अन्य उद्योगको भन्दा फरक र उच्च समेत रहेको छ भने नेपालको होटल उद्योगमा सन् २०७९ को कूल आम्दानीको करिव ४० प्रतिशत कर्मचारीको सेवा सुविधामा खर्च भएको देखिएको छ । बि.स २०७९ को तुलनामा बि.स २०८० मा होटलको कूल आम्दानी केवल १० प्रतिशत भन्दा न्यून हुने अध्ययनको आधारमा होटलहरूले कुनै पनि हालतमा खर्च धान्न नसक्ने तथ्य स्पष्ट छ ।
तसर्थ होटल उद्योगले नेपालको पर्यटनको विकासमा अतुलनीय योगदान गर्दै मुलुकको अन्तर्राष्ट्रिय पहिचान र गरिमा अभिबृद्धिमा खेलेको केन्द्रीय भूमिका उदाहरणीय छ । यसर्थ, अर्बौ रूपैयाको लागानी मार्फत होटल उद्योगले लाखौंको संख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखी यसले नेपाली अर्थतन्त्र तथा वहुआयामिक क्षेत्रमा निम्त्याउन सक्ने प्रभावको विश्लेषण गर्दै अगामी आ.ब ०८०÷०८१ को नीति तथा कार्यक्रम मार्फत यो विषम प्रस्थितीको आकलन गर्दै सम्बोधन गर्न विलम्ब नगरियोस् ।

अत, कोभिड‐१९ ले पुर्याएको क्षती र तसपछीको ओरालो लाग्दै गयको देशको अर्थतन्त्र नियन्त्रणको लागि यो विषम परिस्थितिमा होटल तथा पर्यटन उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्दै पूर्णरूपमा पुनस्र्थापना नभए सम्म बैंकको चर्को ब्याजदर , चर्को घरभाडा दरको व्यवस्थापनका साथै विद्युत महसुल र स्थानीय सरकारको सम्पति कर लगायतमा उचित व्यवस्थापन गर्ने गरी नीति निर्माण गर्नलाई नेपाल सरकार तथा सरोकारवाला निकायहरूसँग हार्दिक अनुरोध गर्दछौं ।
अन्तमाः नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै समाजवादोन्मुख आर्थिक प्रणाली निर्माण गर्न गणतन्त्र दिवसले हामी सबैलाई थप उत्साह प्रदान गर्ने बिश्वास लिदै लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । धन्यवाद

रबिन्द्र पौडेल
अध्यक्ष
होटेल तथा पर्यटन ब्यबसाइ संघ कपिलवस्तु

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६