प्रदेश

हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता होः मुख्यमन्त्री चौधरी



दाङ, १५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिकरूपमा संस्थागत हुँदै गइरहेको बताएका छन् । उनले हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता रहेको समेत बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री चौधरीले तीन तहका सरकारबीच अधिकारको बाँडफाँटसँगै सङ्घीयताको सुदृढीकरणका लागि सहयोग सहकार्य र समन्वयको महत्व र आवश्यकता अझै रहेको औँल्याएका छन् ।

“गणतन्त्र दिवसले मुलुकको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु”, सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री चौधरीले शुभकामना सन्देशमा प्रदेशका नागरिकलाई आर्थिक समृद्धिको बाटोमा लैजान प्रदेश सरकार दृढतापूर्वक अगाडि बढेको उल्लेख गरेका छन् । यसका साथै संविधानले प्रत्याभूत गरेका अधिकार सुनिश्चित गरिरहेको सन्दर्भमा ती अधिकारलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्र निर्माणमा यस दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास उनले सन्देशमा व्यक्त गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६