देश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा हवाइ उडाका लागि पहल गरिने



काठमाण्डौँ, १५ जेठ । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न मुलुकमा सिधा हवाइ उडान गर्न पहल गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या बढाइने बताएका हुन्।

अर्थमन्त्री महतले बौद्धमार्गीलाई प्रत्यक्ष रूपमा लुम्बिनीसँग जोड्न थाइल्याण्ड, श्रीलंका, चीन, भारत लगायतका मुलुकमा सिधा हवाइ उडानको व्यवस्था गर्ने समेत बताए।

हाल यस विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान भइरहेको छैन। व्यवसायिक उडान नहुदा यहाँका उद्योगी व्यवसायीहरु निराश भएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६