जेष्ठ १६, काठमाडौँ — धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका(२ की १९ वर्षीया अप्सरा चेपाङ घाँस काट्न गएका बेला लडेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रका अनुसार कात्तिके चुरे जंगलमा २ वर्षीय छोरा साजनलाई बोकेर घाँस काटिरहेका बेला अप्सरा भिरबाट लडेकी हुन् । सोमबार अपरान्ह साढे ५ बजेतिर उनीहरू लडेको प्रहरीले जनाएको छ । एसपी मिश्रका अनुसार छोरा साजनको घटनास्थलमै मृत्यु भएको हो ।
अप्सराको भने उपचारका क्रममा मलेखु सिटी अस्पतालमा राति ९ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दियो । अप्सरा ७ महिनाकी गर्भवतीसमेत रहेको एसपी मिश्रले बताए । मृतकको पोस्टमार्टमपछि परिवारलाई शव दिइने उनले जानकारी दिए ।








प्रतिक्रिया