काठमाडौं, जेठ १६-
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वाधार विकास साझेदार कार्यक्रम पुनः सुरू गरिएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गर्नुभएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताउनुभएको थियो ।
‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ उहाले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको छ , ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू ’
सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको महतले बताउनुभएको थियो ।








प्रतिक्रिया