समाचार

सिन्धुलीमा सर्पले डस्दा दुई बालकको ज्यान गयो



जेठ १६,काठमाण्डौ -सिन्धुलीमा सर्पले डस्दा दुई बालकको ज्यान गएको छ । दूधौली नगरपालिका(१ कुर्थौली बस्ने गणेश पहाडीका दुई छोरालाई राति सुतिरहेकै ठाउँमा सर्पले डसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पहाडीका छोराहरु १३ वर्षका ग्रिस र ३ वर्षका ग्रिस्मको ज्यान गएको हो ।प्रहरीका अनुसार सिमेन्ट र ब्लकले बनेको टालीको छानो भएको एक तल्ले घरमा आमाबुबासँगै सुतिरहेका छोराहरुलाई सर्पले डसेको हो । आमा गङ्गा पहाडीले राति ३ बजे छोराहरु छट्पटाएको थाहा पाएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुर लगिएको थियो ।

तर, जानकी हेल्थ केयर जनकपुरका डाक्टरले उनीहरुको ज्यान गएको घोषणा गरेका प्रहरीले जनाएको छ ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६