समाचार

भारत र चीनबीच तनाव गहिरिँदै




जेठ १८, काठमाण्डौ – भारत र चीनबीच तनाव गहिरिँदै गएको छ । तनाव बढ्दै गएपछि दुवै देशले एक–अर्काका पत्रकारलाई भिसा दिन रोक लगाएका छन् । अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलमा प्रकाशित विवरण अनुसार दुवै देशका सरकारले एक–अर्काको देशमा पत्रकारको पहुँचलाई रोकेका हुन् ।चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतमा रहेका चिनियाँ पत्रकारको सङ्ख्या १४ बाट घटेर एकमा आएको र लामो समयदेखि आफ्नो देशका सञ्चारकर्मीले विभेदको सामना गर्नुपरेको बताउनुभएको छ । यसै महिना भारतले दुईजना चिनियाँ पत्रकारको भिसा नवीकरण गर्न अस्वीकार गरेको थियो । त्यसमा चिनियाँ समाचार संस्था सिन्ह्वा र चाइना सेन्ट्रल टेलिभिजनका एकरएक जना पत्रकार थिए ।

चीनले पनि भारतका दुई जना पत्रकारलाई प्रवेशाज्ञा नदिएको र अर्का एक जनालाई उनले प्राप्त गरेको अनुमति फिर्ता लिइएको बीबीसीले उल्लेख गरेको छ । सीमा विवादका कारण भारत र चीनबिच सन् २०२० यता तनाव छ ।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६