खोज–अनुसन्धान

एक युवाले प्रेमिका र उनका काकाको बिभत्स हत्या गरे




कपिलवस्तु १८ जेठ । कपिलवस्तुमा एक अप्रिय घटना घटेको छ । आफ्नो प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेर आलटाल गरेको झोँकमा कपिलवस्तुमा एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् ।प्रेमिकासँगको रिसिबीका कारण आक्रोशित ती युवाले आफ्नो प्रेमिका र उनलाई जोगाउन खोजेका काकाको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुलाई बिहीबार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् ।
अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैलाई शरीरका विभिन्न ठाउमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो ।चक्कु प्रहार गर्ने मोहनलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता घलेका अनुसार मोहन र अन्जनीबीच प्रेम सम्बन्ध थियो।मोहनले केही समयअघि विवाहको प्रस्ताव अन्जनीलाई राखेपनि उनले अस्वीकार गरेकी थिइन् । दुवैबीच यही विषयमा विवाद बढेपछि अन्जनीले मोहनलाई बेवास्ता गर्दै आएकी थिइन्।सोही विषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट मटेरिया पुगेर बदला लिएको प्रारम्भिक अवस्थामा भेटिएको घलेले नेपाल बताए ।बिहान ८ बजेतिर मोहन अन्जनीको घरमा पुगेको र चक्कु प्रहार गरेर उनलाई घाइते बनाएपछि जोगाउन पुगेका काकालाई पनि प्रहार गरेका थिए, स्थानीयले मोहनलाई घेरेर प्रहरीलाई खबर गरेपछि इप्रका कोपवाको प्रहरी टोली पुगेर नियन्त्रणमा लिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६