भगवती न्यौपाने
कपिलवस्तु १८ जेठ । देशमा आर्थिक मन्दिमा वंैकहरुको सहजिकरणले धेरै टेवा पुग्ने वाणगंगा नगरपालिकाका मेयर चक्र पाणी अर्यालले बताउनु भयो । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर …मा नबिल बैँक लिमिटेडको शाखा बिस्तार उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नगरको आर्थिक परिचालनमा र समृद्धमा नवीन बैंकले ठुलो भुमिका खेल्ने बताउनु भयो । नगरिकहरुको बचतको सुरक्षा गर्न नगर सधैं लागि परेको बताउदै यसमा वितिय संस्थाहरुले पनि ध्यान दिनु पर्ने नगर प्रमुख अर्यालले बताउनु भयो ।

वडा नम्बर एक वडा अध्यक्ष सन्जु कुमार सन्जु कुमार सारुले नगरमा यश बैंकले सेवा सुविधामा गुणस्तर सेवा दिने बताउदै यश क्षेत्रका लागि नविन बैंकको शाखा खोल्नु धेरै राम्रो भएको बताउनु भयो ।नगरका प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुषालले निजि क्षेत्रमा स्थापित बैंकहरुमा नबिल बैंकको व्यवस्थापन,संस्थागत शुसानमा अग्रहणी स्थानमा परेको बताउनु भयो ।
शाखा प्रबन्धक नारण क्षेत्रिले नेपाल राष्ट्र बैँकबाट ‘क’ बर्गको ईजाजत प्राप्त गरेको उक्त बैँकका ले बाणगंगावासीको आवश्यकता र मागलाई मध्यनजर गर्दै शाखा बिस्तार गरिएको बताउनुभयो ।कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेले कोरोनाको बेला ठप्प भएका व्यवसाय पछिलो समय विस्तार भएको बताउदै नबिल बैंक र उद्योग बाणिज्य संगको सम्बन्ध राम्रो हुने बताउनु भयो ।
उद्योग वाणिज्य संघका नवदत्त घिमिरले बैंकहरुले सेवाग्राहीलाई उचित रिण उपलब्ध गराउनु पर्ने बताउनु भयो । कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमनाथ पौडेलले अरु बैकंले दिने सेवा सुविधामा फरक हुन पर्ने बताउदै नम्बर १ बैक बनेर अगाडी बढ्न शुभकामना दिनु भयो ।युवा व्यवासायिक बुद्धि सागर बेल्वासेले नेपाल सरकारले तोकेका नियमहरुको मापदण्डमा रहेर नवीन वैकले सेवा दिनु पर्ने बताउदै यहाँका निजि क्षेत्र, उद्योग ,व्यापारमा यश बैंकले ठुलो सेवा पुयाउने विस्वास व्यक्त गर्नु भयो ।
शाखा प्रबन्धक नारण क्षेत्रिको अध्यक्षता, सम्पर्क अधिकृत सन्दिप पौडेलको स्वागत मन्तव्य भएको कार्यक्रमको सञ्चालन अनिस बन्जाडेले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुुखहरु,समाज सेवी,बुद्धिजीवीहरुको उपस्थित रहेको थियो । देशभर करिब २ सय ५५ वटा शाखा बिस्तार गरेको उक्त बैँकले विहिवार एकै दिन देश भरि ३८वटा शाखामा एकै समयमा शाखा उद्घाटन भएको छ ।








प्रतिक्रिया