समाचार

सुन अहिलेसम्मकै महँगो, एक हप्तामै बढ्यो तोलामा ५ हजार



जेष्ठ १९, काठमाडौँ —

सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । बजेट घोषणापछि बढ्न थालेको सुनको भाउ उकालो लागेको लाग्यै छ । बजेट घोषणापछि बुधबार छापावाल सुनको भाउ प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको थियो । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याएकाले नेपालमा मूल्य उच्च दरले बढेको हो ।

बुधबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । बिहीबार बुधबारको तुलनामा सुनको मूल्य ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय पुगेको थियो । शुक्रबार भने बिहीबारको तुलनामा सुनको मूल्य ८ सयले बढेर १ लाख १३ हजार ३ सय पुगेको छ । यसरी एक हप्तामै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजारले बढेको छ ।

त्यस्तै शुक्रबार नेपाली बजारमा तेजाबी सुनको मूल्य १ लाख १२ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४ सय ३५ रुपैयाँ पुगेको छ ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६