देश

लुम्बिनी कपिलवस्तु हाम्रो हो’ भन्दै नाराबाजी



जेठ १९, काठमाडौं– भारतले आफ्नो नयाँ संसद्‌ भवनमा ‘अखण्ड भारत’को भन्दै नेपाली भू–भागसमेत समेटिएको नक्सा राखेको विरोधमा काठमाडौंस्थित भारतीय दूताबास अगाडि प्रदर्शन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट युवा विद्यार्थीहरुले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेका हुन्।
शुक्रबार राप्रपानिकट युवा, विद्यार्थीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘निरिह सरकार मुर्दावाद’, ‘राजसंस्था जिन्दावाद’, ‘हिन्दूराष्ट्र जिन्दावाद’ लगायतका नारा लगाएका छन्। ‘हाम्रो जमिन फिर्ता गर’, ‘सीमा मिच्न पाइँदैन’, ‘लुम्बिनी कपिलवस्तु हाम्रो हो’ भन्दै नाराबाजी गरेका उनीहरुले कालो झण्डा समेत प्रदर्शन गरेका छन्।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६