जेष्ठ १९, काठमाडौँ —
भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गर्नुभएको छ। ४ दिने भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री दाहाल शुक्रबार मध्य प्रदेशको इन्दौर पुग्नुभएको हो।
मुख्यमन्त्री चौहानले प्रधानमन्त्रीलाई स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै भन्नुभएको छ मध्य प्रदेशको पवित्र भूमीमा पाल्नु भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई हृदयदेखि नै अभिनन्दन । आज इन्दौर विमानस्थलमा नेपालका प्रधानमन्त्रीलाई पुष्पगुच्छा दिई आत्मीय स्वागत गर्नुभयो ।
प्रधानमन्त्री दाहालले इन्दौरमा फोहोर व्यवस्थापनबारे अवलोकन गर्नुहुने छ । त्यसपछि उहा आजै मध्य प्रदेशको अर्को सहर उज्जैन पुग्नुहुने छ । उज्जैनमा प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरको दर्शन गर्नुहुनेछ । साथै त्यहाँ उहाले १०८ किलो रुद्राक्ष चढाउने कार्यक्रमसमेत रहेको छ ।
प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्नुभएके थियो । बिहीबार नै उहाले भारतीय उपराष्ट्रपति जयदीप धनखड र राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया