देश

असल छिमेकीको रुपमा चीन सहयोग गर्न तयार छः अग्नि सापकोटा



काठमाडौं, १९ जेठ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले एउटा असल छिमेकीको रुपमा चीन सहयोग गर्न तयार रहेको बताए ।

‘विश्व शान्तिका लागि चीनले जुन पहल गरेको छ । त्यसमा हाम्रो पहल कदमी हुन आवश्यक छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग भेट भयो । विभिन्न प्रान्तका सेक्रेटरीहरु र प्रान्तका सरकार प्रमुखहरुसँग भेट भयो’ सापकोटाले भने, ‘दुई पार्टीबीच सम्बन्ध विकास गर्ने सवालमा नियमित भ्रमण हुँदै आएको छ । हामीले गरेको यो १९ औं भ्रमण हो ।’

चीनले एउटा असल छिमेकीको रुपमा खुलस्त भनिदिएमा सहयोग गर्न सहज हुने उल्लेख गरेको सापकोटाले बताए । ‘चीनले विश्वलाई नै चकित पार्नेगरी विकास गरेको छ । गरिबी निवारणमा खेलेको भूमिका चमत्कारिक छ । चीनको आधुनिकरण बहुआयामिक छ’ उनले भने, ‘उनीहरुले गरेको विकास यो आधुनिकरण र नयाँ विश्व व्यवस्थाका लागि हो भन्ने गर्छन् । हेर्दा साच्चिँकै चीनले धेरै नै विकास गरेको छ ।’

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६