कृषि

स्वदेशमै पसिना बगाउने अभियान चलाऔंः कृषि मन्त्री भुसाल

जग्गा बाँझो राखेर भोकै नबसौँ




काठमाडौं, १९ जेठ ।
कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले स्वदेशमै पसिना बगाउने अभियान चलाउन आग्रह गरेका छन् ।
किसान डेरी उद्योगको शुक्रबार उदयपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले भने– ‘युवाहरु अवसरको खोजीमा विदेश गइरहेका छन्, स्वदेशमै केही गर्न सकिने प्रशस्त आधारहरु छन् । अब बिदेशमा बगाउने पसिना यहीँ बगाउँ भन्ने अभियान चलाएर अगाडी बढ्नुपर्छ ।’

मन्त्री भुसालले बर्षेनी जग्गा बाँझो राख्नेक्रम चलिरहेको समेत दृष्टान्त प्रस्तुत गरे । विभिन्न रिर्पोटका अनुसार देशभर १० लाख भन्दा बढी क्षेत्रफल जग्गा बाँझो रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री भुसालले बाँझो जग्गालाई प्रयोगमा ल्याउने गरी आगामी आर्थिक बर्षको बजेटमा समावेश गरिएको बताए । जग्गा बाँझो राखेर भोकै बस्ने काम अब बन्द गर्नुपर्नेमा उनको विशेष जोड छ ।

कृषि तथा पशुपन्छीको क्षेत्रमा दिइने अनुदानको सही सदुपयोग हुन नसकेको उनले बताए । अनुदान पाउने तर भाग्ने परिपाटी रहेको भन्दै मन्त्री भुसालले अनुदानको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । साथै कार्यक्रमलाई उत्पादनमुखी बनाएर अगाडी बढ्नुपर्ने उनले औल्याए ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६