देश

यि हुन नेपालका १४२ जात जाती जनसंख्या (सुची सहित)



काठमाडौं, २० जेठ। नेपालमा जातजातिको संख्या १४२ पुगेको छ। जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो। जनगणना २०६८ मा १२५ जातजाति थिए।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांकअनुसार सबैभन्दा धेरै क्षेत्री जातिको जनसंख्या र दोश्रोमा ब्राह्मणको जनसंख्या रहेको देखाएको छ। कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन्।

त्यस्तै, पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ भने तेस्रो नम्बरमा मगर ६.९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६.२ प्रतिशत जनसंख्या रहेको कार्यालयको विवरणमा उल्लेख छ ।

त्यस्तै, ११ जातिको संख्या एक हजार भन्दा कम रहेको विवरणमा देखिएको छ। जसअनुसार नुराङ जातिको जनसंख्या देशभर ३६ जना मात्रै रहेको छ। कार्यालयको अन्तिम तथ्यांकमा ११ जातिहरु नुराङ, बनकरिया, कुसुण्डा, सुरेल, ल्होमी, वालुङ, राउटे, तोप्केगोला, फ्री र कलार जातिहरुको देशभरमा जनसंख्या एक हजारभन्दा कम रहेको छ ।

कुन जातिको जनसंख्या कति ?

प्रकाशित : २० जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६