प्रदेश

कपिलवस्तुमा ८२ जातजातिको बसोवास, सबैभन्दा धेरै मुसलवानको जनसंख्या




हरि घिमिरे, २० जेठ ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांक अनुसार कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै मुसलवान जातिको जनसंख्या रहेको छ । दोश्रोमा थारु जातिको जनसंख्या रहेको तथ्यांक कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको छ ।


जिल्लाको कुल जनसंख्या ६ लाख ८२ हजार ९६१ को १७.४ प्रतिशत अर्थात १ लाख १८ हजार ८३९ जना मुसलवान छन् ।
त्यस्तै, दोश्रोमा थारु जातिको जनसंख्या ७५ हजार १ सय १९ अर्थात १०.९ प्रतिशत रहेको छ भने तेस्रो नम्बरमा यादव जातिको ६६ हजार ७ सय ९६ अर्थात ९.७ प्रतिशत, चौथो नम्बरमा पहाडि ब्राह्मण ४९ हजार ८ सय २५ अर्थात ७.२ प्रतिशत जनसंख्या रहेको कार्यालयको कार्यालयको विवरणमा उल्लेख छ ।


त्यस्तै, कुर्मि जातिको ४२ हजार ४ सय चालिस अर्थात ६.२ प्रतिशत, दुसाध÷पासवान जातिको २८ हजार ४ सय ९५ अर्थात ४.१ प्रतिशत, क्षेत्रि जातिको २७ हजार २ सय १० अर्थात ३.९ प्रतिशत, मगर जातिको २४ हजार ९६ अर्थात ३.५ प्रतिशत जनसंख्या रहेको छ ।


यसैगरी चमार÷हरिजन जातिकोे जनसंख्य २३ हजार ३ सय १३ अर्थात ३.४ प्रतिशत, ब्राह्मण तराई जातिको १७ हजार ६ सय ४ अर्थात २.५ प्रतिशत जनसंख्या रहेको तथ्यांकले जनाएको छ । जिल्लामा जम्मा ८२ जातजातिको बसोवास रहेको छ । जसमा अन्य जातजातिको जनसंख्या २ लाख ९ हजार २ सय ५१ रहेको छ ।

जिल्लामा राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार ५ लाख ७१ हजार ९ सय ३६ जनसंख्या थियो भने राष्ट्रिय जनगणना २०७८ का अनुसार १२ लाख ५४ हजार ८ सय ९७ थप भएको छ । राष्ट्रिय जनगणना २०७८मा जिल्लाको जनसंख्या ६ लाख ८२ हजार ९ सय ६१ पुगेको तथ्यांक रहेको छ ।


नेपालको सन्दर्भमा जातजातिको संख्या १४२ पुगेको छ । जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो । जनगणना २०६८ मा १२५ जातजाति थिए । ११ जातिको संख्या एक हजार भन्दा कम रहेको विवरणमा देखिएको छ।

जसअनुसार नुराङ जातिको जनसंख्या देशभर ३६ जना मात्रै रहेको छ । कार्यालयको अन्तिम तथ्यांकमा ११ जातिहरु नुराङ, बनकरिया, कुसुण्डा, सुरेल, ल्होमी, वालुङ, राउटे, तोप्केगोला, फ्री र कलार जातिहरुको देशभरमा जनसंख्या एक हजारभन्दा कम रहेको छ ।

प्रकाशित : २० जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६