खोज–अनुसन्धान

बर्षाैदेखीको नागरिकता समस्या हल भयो : मन्त्री आचार्य




कपिलवस्तु, २० जेठ ।महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नागरिकता बिधेयक पारित भए पछि बर्षौ देखि नागरिता बिहीनले बनेकाहरुले नागरिता पाउने बाटो खुलेको बताएका छन । राष्ट्रपतिले प्रमाणीकरण गरे पछि अब भने नागरिकताबाट बंचितहरुले नागरिकता पाउने उनले बताए । कपिलवस्तु नगरपालिकाले राखेको बधाई तथा स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले यो बिधेयकको अनावश्यक बिराध नगर्न आग्रह गर्दै नागरिताका कारण कैयो नागरिकता राज्यले प्रदान गर्ने धेरै सुबिधाबा बंचित हुनु परेको बताए ।
पढाई राजगारी बैकिंग सेवा लगातयका थुप्रै कार्यहरुबाट नागरिताले गर्दा बंचित हुुन परेको उनले बताए । उनले वास्तविकले नागरिका पाउनु पर्छ गैर नागरिकले भने पाउन नहुने उनले बताए । प्रदेश सरकारको योजनामा समेत कपिलवस्तु बिकासको लागि आवश्यक योजना राख्न पहल गरिने बताए । निर्वतमान काँग्रेस केन्द्रिय सदस्य तथा साँसद अतहर कमालले मानव बिकास सुचकाँकमा पछि रहेको कपिलवस्तु जिल्लाको बिकासमा मन्त्री आचार्यको पहल गर्नु पर्नेे बताए ।
नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले देशको अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा आफुहरुले निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार अगाडी बढ्ने बताए । सो अवसरमा मेयर पौडेलले समग्र जिल्लाको विकासमा मन्त्री आचार्यले पहल गनर्् हुने कुरामा आफुल ढुक्क रहेको बताए । वडा नम्बर ३ का अध्यक्ष तौलिहवाको कृषि देखि महिता सम्मको बाटो, बहादुरगंज देखि भवानी भिक्षु सम्मको बाटो लागतयका विकास निर्माणको काम छिटो छरितो गराउन ठोस पहल गर्न आग्रह गरे ।

प्रकाशित : २० जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६