खोज–अनुसन्धान

तातो हावा ‘लु’ का लक्षण र यसबाट बच्ने उपाय




कपिलवस्तु ं २१ जेठ । विगत केही दिन देखि देशका अधिकांश भूभागहरुको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाण्डौ उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक बृद्धि भइरहेको र देशको तराई भूभागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शाखाका अनुसार आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ । शाखाले देशका तराई भूभागहरूमा आगामी केही दिन सम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । शाखाले पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको जनाएको छ ।

लुले मानव शरिरमा पर्ने असर :
– हृदयको गति तीव्र हुने
– श्वास प्रश्वास र रक्तचाप घट्ने
– शरीरबाट पसिना ननिस्किने
– टाउको अत्यधिक दुख्ने
– चक्कर लाग्ने, अचेत हुने
– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने
– छाला सुक्खा, रातो र तितो हुने
यी असरहरू देखिए तुरुन्तै नजिकैको अस्पतालमा जान स्वास्थ्य मन्त्रालयले सबैलाई सुझाएको छ। मन्त्रालयले लु बाट जोगिने उपायहरू पनि दिएको छ।

लुबाट बच्ने उपाय
– दिउँसो घरबाट बाहिर ननिस्कने
– फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
– चिसो पानीले नुहाउने
– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
– खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
– बाहिर निस्किनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओड्ने
– मदिरा सेवन नगर्ने
– चिनीको मात्र बढी भएको झोल पदार्थ बढी नपिउने

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६