कपिलवस्तु २२ जेठ ।सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत करका दरमा गरेको हेरफेरले आयकरमा पनि केही फेरबदल भएको छ।सरकारले आगामी आर्थिक वर्ष २०८०र८१?कउबलसश्र को बजेट मार्फत करका विभिन्न दर हेरफेर गरेको छ। आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकर सम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ। वार्षिक करयोग्य आय २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ।
आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक राजस्व विभागले थप स्पष्ट पार्दै आगामी आर्थिक वर्षमा तिर्नुपर्ने आयकर सम्बन्धी विवरण सार्वजनिक गरेको छ। नयाँ व्यवस्थाले २० लाखभन्दा बढीको वार्षिक करयोग्य आम्दानी भएका व्यक्तिका लागि आयकरको दर परिमार्जन गरिएको छ। २० लाखभन्दा माथि ५० लाखसम्म करयोग्य आयमा ३६ प्रतिशत आयकर लाग्नेछ।त्यस्तै, ५० लाखभन्दा माथिको जुनसुकै करयोग्य आयमा ३९ प्रतिशत कर लाग्नेछ। वार्षिक २० लाखभन्दा कम करयोग्य आय भएका व्यक्तिका लागि भने करको दर यथावत् छ।
एकल व्यक्तिले पाँच लाखसम्म र दम्पतीको हकमा ६ लाखसम्म करयोग्य आयमा १ प्रतिशत आयकर तिर्नुपर्छ। तर, एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा भने १ प्रतिशत आयकर नलाग्ने व्यवस्था रहेको छ।एकल व्यक्तिले पाँच लाखदेखि सात लाखसम्म र दम्पतीको हकमा ६ लाखदेखि आठ लाखसम्मको करयोग्य आयमा १० प्रतिशत आयकर तिर्नुपर्छ। एकल व्यक्तिको हकमा सात लाखदेखि १० लाखसम्म तथा दम्पतीको हकमा आठ लाखदेखि ११ लाखसम्म आयमा २० प्रतिशत आयकर तिर्नुपर्छ।
एकल व्यक्तिको हकमा दश लाखदेखि २० लाख र दम्पतीको हकमा ११ लाखदेखि २० लाखसम्म आयमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था छ।वार्षिक करयोग्य आय गणना गर्दा विभिन्न शीर्षकको रकम गणना गर्न नपाउने अर्थात् छूटको व्यवस्था पनि आर्थिक विधेयकमा राखिएको छ। प्राकृतिक व्यक्तिको आयमा समावेश नहुने रकम वा खर्चमा छूट हुने रकमको पनि सीमा तोकिएको छ।कुनै व्यक्तिले अवकाश कोषमा योगदान गर्दा वार्षिक तीन लाख वा निजको निर्धारणयोग्य आयको एकतिहाइमा जुन घटी हुन्छ, सो रकमसम्मको आफ्नो करयोग्य आयबाट घटाउन सकिने व्यवस्था छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्दा भने पाँच लाख वा निजको निर्धारणयोग्य आयको एकतिहाइमा जुन कम हुन्छ, सो रकमसम्मको आफ्नो करयोग्य आयबाटबाट घटाउन सक्ने व्यवस्था छ।
दुर्गम भत्ता सुविधा पनि करयोग्य आयबाट घटाउन मिल्छ। त्यस्तै, नेपालका विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन सकिने राजस्व विभागले जनाएको छ।निवृत्तिभरणबाट भएको आयमा व्यक्तिले पाउने छूट सीमामा २५ प्रतिशत घटाउन पाइनेछ। त्यस्तै, अपाङ्गता भएका व्यक्तिले आफ्नो करयोग्य आयमा थप ५० प्रतिशत रकम घटाउन पाउनेछन्। बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा ४० हजारमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाइन्छ। स्वास्थ्य बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजारमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाइन्छ।
व्यक्तिले आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा बापत तिरेको वार्षिक प्रिमियम वा पाँच हजारसम्मको रकममा जुट घटी हुन्छ त्यस्तो रकम पनि करयोग्य आयबाट घटाउन पाइन्छ। औषधोपचार खर्च बापत बिल बमोजिमको वास्तविक खर्च रकमको १५ प्रतिशत वा ७५० मा जुन घटी हुन्छ, उक्त रकम पनि कर मिलान गर्न सकिने व्यवस्था रहेको छ।
२२ जेष्ठ २०८०, सोमबार
प्रतिक्रिया