देश

पाल्पा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो




पाल्पा, २२ जेठ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा आइतबार बेलुकी भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाका जनप्रतिनिधि ४४ वर्षीय विजय पोखरेल, पाणिनी–१ की ६५ वर्षीया स्यामकला परियार, २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ की २५ वर्षीया सीता गौतम र २ वर्षीय नाबालक संयोग गौतम रहेका छन् ।


नाबालक गौतम र जनप्रतिनिधि पोखरेलको बुटवलको चौराह हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, चौराहा अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार प्रादेशिक अस्पताल बुटवलमा पाणिनी–१ का ६६ वर्षीय रामबहादुर विक, ६ वर्षीय संयोग गौतम, ५ वर्षीय पर्थिस्ती पोख्रेल, गुल्मीको रुरु बलेटक्सार बस्ने ९ वर्षीय सार्थक जवाली र पाणिनी–१ बस्ने २० वर्षीय सोलिन परियार उपचाररत रहेका छन् ।

बुटवलस्थित चौराहा अस्पतालमा ४० वर्षीय हरी गौतमको उपचार भइरहेको छ भने भैरहवा मेडिकल कलेजमा अर्घाखाँचीको छत्रदेव–४ धरमपानी बस्ने ७ वर्षीय समिर पाण्डे, १० वर्षीय अनुप सोमरे, पाल्पाको तिनाउ–३ दोभान बस्ने ५ वर्षीय आर्या भण्डारी र आर्याकी आमाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६