जेष्ठ २२, काठमाडौँ — फेसबुक र युट्युब लगायतबाट प्राप्त गर्ने आम्दानीमा कर बढेको छ । सरकारले आर्थिक विधेयकमार्फत सामाजिक सञ्जालमा श्रव्यदृश्यबाट प्राप्त हुने आयमा कर बढाएर ५ प्रतिशत पुर्याएको हो । यसअघि यी सामाग्रीबाट प्राप्त आयमा एक प्रतिशत मात्र कर लाग्दै आएको थियो ।
‘व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै विद्युतीय सेवा उपलब्ध गराए बापत वा नेपाल बाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामाग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा विगतमा बैंकले एक प्रतिशत कर कट्टा गरी जम्मा गर्ने व्यवस्था रहेकोमा अब त्यसलाई वृद्धि गरी पाँच प्रतिशत कायम गरिएको छ,’ आर्थिक विधेयकमा भनिएको छ ।
त्यस्तै, आर्थिक वर्ष ०७९र८० मा बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोगामिङ गरी विदेशी मुद्रा ल्याउँदा जम्मा एक प्रतिशत कर लाग्ने गरेकोमा आर्थिक वर्ष ०८०र८१ देखि १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया