देश

म धर्मनिरपेक्षतावादी हुँ, सबैलाई सम्मान गर्छुः प्रचण्ड



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू धर्मनिरपेक्षतावादी भएको बताएका छन् । सोमबारको संसद् बैठकमा भारत भ्रमणको क्रममा गेरुवा वस्त्र लगाएर इन्दौरमा पूजा गरेको विषयमा सांसदहरूले आस्तिक कि नास्तिक भन्दै प्रश्न उठाएका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सबै धर्मलाई समान मान्यता दिनुपर्ने र राज्यले कुनै धर्मलाई नजिक र कसैलाई टाढा बनाउन नहुने पक्षमा आफू रहेको बताए ।

“जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै धर्म, सम्प्रदायको जनतामा पनि उनीहरुको आस्थालाई अपमान हुने काम गर्नु हुँदैन भन्ने मान्यतामा म दृढ छु,” उनले भने, “उज्जैनमा गएर पूजा गरेको सबैले देख्नुभयो । तर म वुद्धिस्टकोमा गएर प्रस्तुत गरेका आस्था, सम्मान देख्नुभएको छ । मुस्लिम समुदायको टोपी लगाएर सम्मान गरेको देख्नुभएकै छ ।”
पशुपति जस्तै उज्जैन पनि हेर्नैपर्ने ठाउँ भएको र धार्मिक पर्यटन प्रर्वद्धनका लागि आफू गएको उनले बताए ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६