ब्रेकिंग न्युज

पोखरा जहाज दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न अनुरोध



२३ जेठ, काठमाडौं ।

पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारका आफन्तलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी भएको छ । १ माघ २०७९ मा भएको उक्त दुर्घटनाका १८ जना पीडितका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएको र सो निवेदनमा कुनै हकदाबी र विरोध भए पेश गर्न सूचनामा भनिएको छ ।

कानुन बमोजिम पाइने क्षतिपूर्तिका लागि आएका निवेदनमा एयरलाइन्सले तोकेका कानुनी व्यवसायी प्रधान एण्ड एसोसियट्स प्रालिको कार्यालय बखुण्डोलले प्रदान गर्ने भन्दै एयरलाइन्सले क्षतिपूर्तिमा दाबी विरोधका लागि ३५ दिन भित्र सम्पर्क गर्न भनेको छ । १ माघ २०७९ मा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–९एन–एएनसी जहाज दुर्घटनामा परेको थियो ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६