खोज–अनुसन्धान

राजमार्गमा फुटेका गाडीका सिसा सफा गर्न कसको ध्यान पुग्ला



हरि घिमिरे, २३ जेठ ।
हामी दैनिक जसो राजमार्गमा यात्रा गरिरहेका हुन्छौं । यात्राका क्रममा राजमार्गमा अत्यधिक सिसाका टुक्राहरु फेला परेका तपाई हामीले देखेकै हुन्छौं । जसलाई कसले सफा गर्ने तर्फ भने कसैले ध्यान पुर्‍याएको देखिदैन ।

राजमार्गमा यत्रतत्र फुटेका, खसेका गाडीका सिसा सफा कसले गर्ने भन्ने प्रश्न उठ्न थालेको छ । गाडीवालाले आफैं सफा गर्नु पर्नेमा राजमार्गमै छोडेर हुँइकिन्छन् । त्यस तर्फ ट्राफिक प्रहरीले पनि चाँसो दिदैन ।

यसरी यत्रतत्र छरिएर रहेका सिसाहरुले साना सवारी, पैदल यात्रु, चौपाया, वन्य जन्तुलाई अत्यन्तै असर गरेको छ । यसतर्फ न सम्बन्धित स्थानीयको ध्यान पुगेको छ, नत राज्यको नै । हेर्दा देख्दा सामान्य लाग्न सक्छ, तर यस्ता सिसाहरु समयमै व्यवस्थापन गर्न जरुरी छ ।

कतिपय स्थानमा गाडी गुडिरहेको अवस्थामा सिसा आफैँ फुटेर खसेका हुन्छन् , कतै दुर्घटनाले सिसाहरु फुटेर राजमार्गमा छरिएका देखिन्छन् । यस्ता सिसाहरु कसले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सम्बन्धीत निकायको चाँसो बढ्नुपर्ने आवश्यक्ता छ ।

दुर्घटना अथवा गाडीको सिसा आफैं फुटेर खसेको छ भने स्वंयम गाडी चालक अथवा त्यहाँ भएका स्टाफले व्यवस्थापन गर्नुपर्ने सरोकारवाला तर्क गर्छन् । यद्यपि त्यता तर्फ ठोस योजना बनाउन भने सबैजसो निरिह देखिन्छन् । साच्चिकै, यस्ता सिसाका टुक्राहरुले वातावरण र मानव जिवनमा कस्तो असर गरिरहेको छ भनेर बुझ्न जरुरी छ ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६