कपिलवस्तु २४ जेठ । अझै केही दिन गर्मी घट्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन्। जसले गर्दा तराईमा तातो हावा चल्ने क्रम जारी रहने जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका मौमसविद् वरुण पौडेलका अनुसार बेलुकीपख अलिअलि बादल लाग्ने तथा छिटपुट वर्षा हुने भएकाले पहाडी क्षेत्रमा तापक्रम धेरै बढ्न नपाउने भए पनि तराईमा भने तापक्रम घट्ने कुनै सम्भावना देखिएको छैन। त्यसो त पहाडी भेगमा हुने बदली र छिटपुट वर्षा पनि तापक्रम घटाउन पर्याप्त नहुने भएकाले समग्रमा देशभर नै गर्मी कायम रहने उनको भनाइ छ।
महाशाखाले आज बिहान ६ बजे २४ घण्टे चेतावनी गर्दै जारी गर्दै भनेको छ– देशका तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भूभागमा तातो हावा (लु ) चलिरहेको अवस्था छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। तसर्थ अत्यधिक गर्मी तथा मेघगर्जनरचट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
’महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।राति भने देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।








प्रतिक्रिया