पर्यटन

रोजगारसंग जोड्न फेब्रीकेशन तथा वेल्डीङ्ग तालिम





कपिलवस्तु, २६ जेठ ।
कपिलवस्तुको बाणगंगामा व्यवसायी युवा उत्पादनका लागि फेब्रीकेशन तथा वेल्डीङ्ग तालिम संचालनमा आएको छ । बैकल्पिक आय आर्जन अन्र्तगत युवा पुस्तालाई स्वरोजगार बनाउन तालिम संचालनमा आएको हो ।


युवा स्वरोजगार,व्यवसायी समृद्धि, पवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले निः शुल्क फेब्रीकेशन तथा वेल्डीङ्ग तालिम संचालन गरेको हो ।


तालिमको समुद्धघाटन गर्दै वाणंगगा नगरपालिकाका नगर उप–प्रमुख रिता कुमारी थारुले तालिमबाट सिकेको सिप व्यवहारमा प्रयोग गर्न आग्रह गर्दै युवाहरुलाई स्वरोजगार बनाउन नगर सधैं प्रतिबद्ध रहेको बताउनु भयो । उप–प्रमुख थारुले तालिम तालिमको लागि मात्रै नभएर सिकेको सिप व्यवसायीक र आर्यआर्जन तर्फ जोड्न आग्रह गर्नु भयो ।


यस्तै बाणगंगा नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले तालिम लिएपछि तुरुन्त आय आर्जनमा लाग्न सहभागीलाई आग्रह गर्नुभयो । बाणगंगा नगरपालिकाको मुख्य उदेश्य बैदेशिक रोजगारमा जाने युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्नु भएकाले शिपमुलक तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले शिप सिक्नासाथ रोजगारीमा जोडिन पनि सुझाउनु भयो ।


कार्यक्रमका अध्यक्ष समेत रहेका होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले आफुले वैदेशिक रोजगारमा जादाँ हन्डर खाएको सुनाउदै तालिम लिएर देशमै केहि गर्न युवाहरु लाग्नु पर्ने बताउनु भयो । पौडेलले युवाहरुले क्षणिक समय विदेश बस्नु भन्दा देशमै केहि गर्ने जाँगर चलाउनुपर्नेमा जोड दिनुभयो ।


विहिवारबाट बाणगंगाको चप्परगाँउमा सुरु भएको तालिम १ हप्ता सम्म चल्ने छ । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजना तथा वाणगंगा नगरपालिको आर्थिक सहयोगमा तालिम संचालन भएको हो ।

प्रकाशित : २६ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६