अर्थ-वाणिज्य

यस बर्षकालागि मल खरिद भई सक्यो अभाव हुदैन :कृषिमन्त्री




कपिलवस्तु २८ जेठ ।कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा। वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मल खरिद गरिसकेको बताएका छन्।शनिबार भक्तपुरमा आायेजित नेकपा ९एकीकृत समाजवादी० भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन्।सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही आइसकेको र केही भने आउन बाँकी रहेको पनि उनले बताए।उनले मलका लागि ठूलो संकट नहुने पनि बताए।
‘सरकारमा हामी दुई वटा मन्त्रालय लिएर बसेका छौँ। वास्तवमा भन्ने हो भने हामी त्यहाँ निर्णयक छैनौँ भन्दा पनि हुन्छ। हामी आफैँले लिएको मन्त्रालयभित्रै कति काम गर्नसक्यौँ। सक्छौँ भन्ने पहल गर्ने हो,’ मन्त्री भुसालले भने, छकृषिमन्त्रालयको हिसावले हेर्दा कृषि क्षेत्रको विकासका लागि केही पहल गरौँ भनेर केही निर्णयहरु अघि बढाएका छौँ। सधैँभर मलको हाहाकार हुने भएकाले मलको निम्ति बजेटको सुनिश्चितता नै प्रमुख कुरा हो, बजेटको सुनिश्चितता नभएकाले नै यो समस्या आइरहेको थियो, त्यसलाई अन्त्य गर्न बजेट पारित भएपछि नै मल सुनिश्चितता हुनेगरी बजेट निकासा गर्न लगाएका छौँ।’
कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले काम गरिरहेको र मलमा बजेटको सुनिश्चितता गरिएको मन्त्री भुसालको भनाइ छ।मन्त्री भुसालले आफ्नो पार्टी दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको तर निर्णयक भने नभएकाले आफ्नो हिसाबले काम गर्न नसकेको पनि बताए। मन्त्रालयले बाँझो रहेको जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम भएको मन्त्री भुसालले बताए।कृषिको बजारीकरण, औद्योगिकरणको समस्या् समाधानका लागि पहल पहल गरिएको पनि उनले बताए।
यो वर्ष चाहिने जति मल खरिद गरि सकिएको छ। केही आइसकेको छ, केही आउने क्रममा छ। धेरै ठूलो संकट पर्दैन। हाम्रो धेरै जमिन बाँझो छ, त्यो बाँझो जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम गरेका छौँ,’ मन्त्री भुसालले भने, ‘यसभन्दा पहिला भएको थिएन। कृषिको बजारीकरण, औद्योगिकरणको समस्या समाधानका लागि पहल पहल गरिएको छ।’मन्त्री भुसालले बाँझो जमिनको उपयोग बढाउने नीति लिएर आफूले काम गरिरहेको बताए।

प्रकाशित : २८ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६