कपिलवस्तु २८ जेठ ।अनेमसंघ लुम्विनी प्रदेशमा पम्फा खनाल निर्वाचित हुनु भएको छ । अखिल नेपाल महिला संघ लुम्विनी प्रदेश प्रथम सम्मेलनबाट खनाल सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो । संघको उपाध्यक्षमा माया शर्मा , बिमला थारु चयन हुनु भएको छ । त्यसै गरि सचिवमा गिता पाण्डे , कोषाध्यक्षमा शुसिला गैरे निर्वाचित हुनु भएको छ । यहि जेठ २७ र २८ गते कपिलवस्तुको पिस हिमालयन रिर्सोटमा भएको सम्मेलनले लुम्विनी प्रदेशका १२ वटै जिल्लाबाट समावेशी , भुगोल ,खुल्लातर्फ मिलाएर ८५ सदस्सीय अनेमसंघ लुम्बिनी प्रदेश निर्वाचित भएको संघका केन्द्रीय सदस्य शारदा शर्माले बताउनु भयो ।
लुम्बिनी प्रदेशबाट अनेमसंघका प्रतिनिधिहरुको उत्साहजनक उपस्थितीमा सम्मेलन सफल भएको शर्माले बताउनु भयो । सम्मेलन सफलतापुर्ण सम्पन्न गर्नका लागि सहयोग पु्रयाउने सबै प्रति केन्द्रीय सदस्य शर्माले हार्दिक आभार व्यक्त गर्नु भएको छ ।यताराष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले आफ्नो भ्रातृ संगठन राष्ट्रि«य प्रजातान्त्रिक जनजाती संगठनको उपाध्यक्षमा राम लखन थारुलाई मनोनयन गरेको छ । विगत देखि नै खाली रहेको सो पदमा बुद्धभूमि ८ का थारुलाई शनिवार जिल्लाकै पहिलो नगर तौलिहवामा आयोजित एक विशेष कार्यक्रममा मनोनयन गरिएको हो । लामो समयदेखि समाजसेवाका कर्ममा निरन्तर सक्रिय थारुलाई उहाँको सामाजिक सेवाको योगदान तथा राजनीतिक सक्रियतालाई मध्यनजर गर्दै राष्ट्रियता रक्षाको मुख्य अभिष्ट रहेको पार्र्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको पार्टीका जिल्ला प्रवक्ता भुमिराम गिरीले जानकारी दिनुभयो।
कार्यक्रममा पार्टीका प्रदेश कोषाध्यक्ष कृष्ण प्रसाद पौडेल, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह लगायतले टीका तथा अविर लगाई सम्मान समेत गर्नु भएको मिडिया नेपाल कपिलवस्तुले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सिंहले आफूहरु पार्टी संगठन सुदृढिकरण अभियानमा लागेकोले सरिक हुन सम्पूर्णमा आह्वान गर्नुभयो । “जनता झुक्याएर भ्रष्टाचार गर्नमा लिप्त भएका नेताहरुका दिन अब गएका छन्, फेरि एक पटक जनतामा राष्ट्रियताको सवालमा कत्ति पनि नडगमगाउने राप्रपा प्रति विश्वास जागेको छ हो त्यसैले आउनुस् धर्म संस्कारको रक्षामा जुटौँ” –उहाँले भन्नुभयो ।
प्रतिक्रिया