कपिलवस्तु २८ जेठ। नेपालकै इतिहासमा जेठो मध्येको एक कपिलवस्तुको सदरमुकाम स्थित तौलिहवा बसपार्कमा प्रहरी बिट स्थापना गरिएको छ । वस पार्क संचालनमा आएको डेढ दशकपछि महिला प्रहरी सहीतको प्रहरीको सुरक्षा बिट सुभारम्भ गरिएको हो । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र प्रजिअ शंकरहरि आचार्यले संयुक्तरुपमा रिबन काटेर बिटको उद्घाटन गरे । बिटकालागि नगरपालिकाले बस पार्कमा रहेको २ वटा सटरहरु प्रहरीलाई दिएको छ । सो अवसरमा मेयर पौडेलले बस पार्कमा बिट स्थापना महत्वपुर्ण काम भएको भन्दै बिट स्थापना भए पछि भिडभाड हुने बस पार्क र यात्रुहरुको सुरक्षाको मद्दत मिल्ने बताए । यो तौलिहवाले परम्परागत काचुली फेरेर नयाँपनमा प्रबेश गरेको उदाहरण हो ।
उनले अब बसमा पार्कमा अपराधिक घटनाहरुमा कमी आउने र यात्रुहरुले शान्ति सुरक्षाको महसुस गर्ने बताए । नगरपालिकाको जगदीशपुर ताल क्षेत्र , दोहनी र बस पार्क गरी ३ ठाउँमा प्रहरी बिट स्थापना हुनुले पनि नगर क्षेत्रको सुरक्षा थप बलियो हुने बताए । उनले बस ब्यवसायीहरुलाई तौलिहवा बजार क्षेत्रमा तीब्र गतिमा गाडी नचलाउन आग्रह गरे । सो अवसरमा प्रजिअ आचार्यले प्रहरी बिटले यात्रुहरुले बिभिन्न गुनासोहरु समाधान हुने र झैझगडामा मसते कमी आउने बताए । उनले यात्रुहरुको सुबिधाको ख्याल गर्न प्रहरी र यातायात ब्यवसायीलाई आग्रह गरे । प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले ब्यस्त ठाउँमा प्रहरी राख्ने योजना अनुरुप प्रहरी बिट स्थापना गरिएको बताए । यसले शान्ति सुरक्षा र अमनचयन ल्याउने उनले दाबी गरे ।
२८ जेष्ठ २०८०, आइतबार
प्रतिक्रिया