अर्थ-वाणिज्य

आलु, प्याज आयातमा लाग्ने भ्याट खारेजीको माग




कपिलवस्तु २८ जेठ।तौलिहवा उद्योग बाणिंज्य संघले सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेटमा आलु, प्याज लगातयका दैनिक उपभोग्य बस्तु आयात गर्दा लगाएको मुल्य अभिबृद्धि कर भ्याट ब्यवस्था खारेज गर्न माग गरेको छ । संघले आगमाी आर्थिक बर्षकालागि आर्थिक ऐन आर्फत आलु प्याज लगायतका दैनिक उपभोग्य बस्तुहरुको आयातमा लगाइएको भ्याटले ब्यापारीहर झन मर्कामा पर्ने भन्दै ध्यानाकषर्ण भएको जनाएको छ । संघका अध्यक्ष गयादीन कुर्मीको नेतृत्वमा प्रशासन कार्यालयमा प्रजिअ शंकर हरि आचार्य मार्फत अर्थ मन्त्रालयलाई बुझाइएको ज्ञापन पत्रमा सो माग गरिएको हो ।

सिमा क्षेत्र नजिक भएकाका नेपाली नागरिकहरु भारतको बजारहरुमा सस्तोमा दैनिक उपभोग्य र खाद्यान्न लगातयका सामानहरु पाईन भन्दै जाने गरको अध्यक्ष कुर्मीले बताए । यस्तोमा आलु प्याजमा लगाइएको भ्याटले नेपाली बजारमा मुल्य बृद्धि भई नेपाली ग्राहकहरु झनै सीमा पारीको बजारमा जादा यहाँका ब्यापारीहरु झन मारमा पर्ने उनले दाबी गरे । ‘ आलु र प्याजमा लगाइएको भ्याटले नेपालमा झन मंहगो हुन्छ सस्तो पाईने भन्दै उपभोक्ताहरु सिमापारी जान प्रोत्साहीत हुन्छन ’ उनले भने ‘ ब्यापारीहरुको ब्यवसाय घटछ, सरकारको राजस्व समेत गुम्छ ।

थोरै मात्रामा भारतबाट ल्याईएमो दैनिक उपभोग्य सामानहरुलाई यहाँ बिना भन्सार जान दिने गरिएको छ । आम उपभोक्ताहरु भारतीय बजारमा पुग्ने कार्यलाई निरुत्साहीत गर्न र नेपाली ब्यापारीको ब्यापार सुनिश्चित गर्न, सिमा क्षेत्रमा हुने अबैध ब्यापार रोक्न समेत कडाई गर्न संघले माग गरेको छ ।

प्रकाशित : २८ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६