कपिलवस्तु २९ जेठ।बैचारीक हिसावले एमालेमा सर्वाधिक अब्बल ठहरिएका र अहिले सम्म कुनै पनि विवादमा नफसेका महासचिव शंकर पोखरेल अेमरीकामा एमालेको संगठन सुदृढीकरणकालागि जादैछन् । नेकपा एमालेका महासचिव पोखरेल संगठन विस्तारका लागि अमेरिका जाने तयारी भएको एमाले श्रोतले पुष्टि गरेको हो । असारको पहिलो साता उनी अमेरिका जाने तय भएको हो।
दुई हप्ता अमेरिका रहदा संगठन विस्तार गर्ने एमालेका एक नेताले बताए। ‘प्रवासमा संगठन थप विस्तार गर्न महासचिव चार पाँच दिनपछि अमेरिका जानुहुने तय भएको छ,’ उनी निकट स्थायी कमिटी सदस्यले भने, ‘पार्टी सुदृढीकरण अभियान सबैतिर अघि बढ्नेछ।’दुई महिने ग्रासरुट अभियान सम्पन्न गरेको एमाले अहिले आन्तरिक सुदृढीकरणमा लागेको छ।
२९ जेष्ठ २०८०, सोमबार
प्रतिक्रिया