अन्तर्राष्ट्रिय

कपिलवस्तुका आधा दर्जन सिमेण्ट उद्योग बन्द हुदा वालाजीको भारत निर्यात सुरु




कपिलवस्तु ३० जेठ ।आर्थिक मन्दीका कारण कपिलवस्तुमा आधा दर्जन सिमेन्ट उद्योग बन्द भएको अवस्थामा कपिलवस्तुको शिवराज नगरपालिका ६ धर्मनगर स्थित बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिले उत्पादन गरेको सिमेन्ट भारत तर्फ निकासी सुरु गरेको छ । कपिलबस्तु जिल्लाबाट भारतमा सिमेन्ट निर्यात पहिलो पटक भएको हो । प्रालिले उत्पादन गरेको २ प्रकारका सिमेन्ट भारत तर्फ सोमवार देखि बिधिवतरुपमा निकासी सुरु गरेको हो । यस अघि रुपन्देहीको अर्घाखाची र पाल्पा सिमेन्ट उद्योग तथा दाङको सिमेन्ट उद्योगले भारत तर्फ सिमेन्ट निकासी गर्दै आएको छ ।

सरकारले सिमेन्ट छड लगायतका बिभिन्न ३० बस्तुहरु निर्यात गरे ८ प्रतिशत अनुदान दिने प्रवाधान राखे पछि अहिले नेपाली सिमेन्ट उद्योगले भारत तर्फ निकासी गर्न सुरु गरेका हुन । बालाजी सिमेन्ट इण्डस्ट्रिजबाट उत्पादित बहुबलि तथा श्रृष्टी ब्राण्डका पिपिसि सिमेन्ट भारत तर्फ निर्यात थालिएको हो । भारत सरकार गुणस्तर बिभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स बिसिआई प्रदान गरे संगै भारत निर्यात सुरु गरिएको उध्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए । पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित क्लासिक इन्टरप्राईजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात सुरु गरेको अग्रवालले बताए ।कपिलबस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात गरिएकोे अग्रवारले बताए ।

भारत सरकारको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स बिसिआईले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएलगत्तै बालाजी सिमेन्टका उत्पादन बहुबली र श्रृष्टीकोको भारततर्फ निर्यात अघि बढाइएको अग्रवालले बताए । विस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको अग्रवालले बताए । भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने प्रावधान छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । उद्योगले यसै महिना आईएसआई चिन्ह पाएपछि सिमेन्ट निर्यात सुरु गरेका हो । सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा यस अघिनै गरिसकेको छ । सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीति लिएको छ । यो नीतिले सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको उध्योगका संस्थापक सन्दिप काडियाले बताए । ‘ आर्थिक मन्दिको अवस्थानमा सिमेन्ट भारत तर्फ निर्यात गर्ने कार्य यस क्षेत्रबाट शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको छ ।’ उनले भने ‘हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने सोच सहित थियो । सोच आज पुरा भएको छ, हामी सफल भएका छौ ।’

उनले सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको बताए । ‘हामी चाहन्छौ राज्यले अझै उद्योग मैत्री, निर्यात मैत्री नीतिहरु ल्याउन जरुरी छ । आजका दिनमा निर्यातको बाताबरण बनाउने सरकारलाई हामी धन्यवाद दिन चाहन्छौ ।’– काडियाले भने । उनले सिमेन्ट निर्यातले भारत संगको व्यापार घाटालाई केही कम गर्नेमा उध्योग बिश्वस्त रहेको बताए । शिवराज नगर पालिकाका प्रमुख अजय थापाले रिबन काटेर निकासी कार्यक्रमका सुभारम्भ गर्दै शिवराज नगरपालिकाबाट निर्यातको सुरुवात हुनु गर्वको विषय रहेको बताए । आयात मात्रै हुने गरेको नेपालमा यसले केही सकारात्मक सन्देश दिने उनले बताए । नगर भित्र रहेका सबै उद्यागहरुको आफनो पालिकाले संरक्षण गर्न तयार रहेको भन्दै उनले यसकालागि नगरपालिकासंग उद्योगीहरुले समन्वय र सहकार्य गर्न अपील गरे ।

चन्द्रौटा उध्योग बाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले आर्थिक मन्दीले यस क्षेत्रमा रहेको आधा दर्जन बढी सिमेन्ट उद्योग बन्द भएको बेलाउद्योगले निर्यात सुरु गरे संगै ब्यपार घाटामा थोरै भए पनि कमि आउने बताए । ‘जति बढी सामान भारत लगायत अन्यत्र निर्यात गर्न सक्छौं, त्यति धेरै व्यापार घाटामा कमी आउँछ । त्यसैले निर्यातलाई दिगो बनाउने वातावरण सरकारले बनाइरहनु पर्छ ।’ पाण्डेले भने । बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ उध्योगका प्रवन्ध निर्देशक रौनक अग्रवालले जानकारी दिए । उद्योगले बहुबली र श्रृष्टी ब्रान्डका ओपिसी ४३ ग्रेडको र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । दुबै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर बिभागले एनएस र भारत सरकार गुणस्तर बिभागले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस) प्रदान गरेको छ ।

बालाजी सिमेन्ट ईण्डस्ट्रिज २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रबिधी जडान छ । जर्मनको यो प्रविधी सिमेन्ट उद्योगको लागी बिश्वकै उच्चस्तरीय कम्पनी हो । बालाजी सिमेन्टको बजार नेपालको पश्चिम, सुदुर पश्चिम र कर्णाली प्रदेशमा अत्यधिक रहेको अग्रवालको भनाइ छ । भारत तर्फ प्रति बोरा सिमेन्ट ४ सय १० देखि साढे चार सय भारु पर्छ । नेपालमा भने सिमेन्ट त्यहा भन्दा सय रुपैया प्रति बोरा सस्तो पर्छ ।

प्रकाशित : ३० जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६