देश

नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला



काठमाण्डाै,३० जेठ । नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला भएका छन् ।

सिन्धुपाल्चोकमा रहेको जुगल हिम शृङ्खलामा पर्ने ५ वटा हिमाल आरोहणका लागि खुला गर्ने मन्त्रिपरिषद्काे निर्णय राजपत्रमा प्रकाशित भएसँगै ती हिमालमा व्यावसायिक आरोहणको बाटो खुलेको पर्यटन विभागले जनाएको छ ।

आरोहण खुल्ला गरेका हिमालको उचाइ पाँच हजार ९२२ मिटरदेखि ६ हजार ५९१ मिटरसम्म रहेको छ । यी हिमालहरु काठमाण्डौबाट नजिक रहेकाले आरोहीको आकर्षण हुने आरोहण व्यवसायीहरु बताउँछन् । थप पाँचसहित नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको सङ्ख्या चार सय १९ पुगेको छ ।

आरोहणका लागि खुल्ला गरेका हिमालको सङ्ख्या धेरै भए पनि सीमित हिमालमा मात्र आरोहण हुने गरेको छ । गएको वसन्तयाममा आरोहीले २८ वटा हिमाल आरोहणका लागि मात्रै अनुमति लिएका थिए । सगरमाथासहित सीमित हिमालमा मात्र आरोहीको चाप रहेको छ ।

आरोहीलाई अरु हिमालमा पनि आकर्षित गरेर सगरमाथासहितका हिमालको चाप घटाउनुपर्ने जलवायु विज्ञहरु बताउँछन् । नेपालमा एक हजार ३१० वटा हिमाल रहेको पर्यटन विभागको तथ्याङ्क छ ।  

प्रकाशित : ३० जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६