खोज–अनुसन्धान

१२ बर्षपछि पहिलो पटक दिक्षान्त समारोह : प्रधानमन्त्री दाहालको अध्यक्षता रहने




दाङ ३० जेष्ठ ।दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको बुधबार हुने पाचौँ दीक्षान्त कार्यक्रममा तयारी पुरा भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा कार्यक्रम हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रसाद लामिछानेले बताउनुभयो ।यस्तै कार्यक्रम बिहान साढे ११ बजे हुने र कार्यक्रमका प्रमुख अतिथि भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति तथा प्रा.डा हरेराम त्रिपाठी रहेको पनि उहाँको भनाइ छ । विगत १२ वर्षदेखि रोकिएको दिक्षान्त समारोह भोलि हुन लागेको हो । यो कार्यक्रम भएसँगै २०७६ साल सम्मका विद्यार्थीहरूलाई सक्कली प्रमाणपत्र लिन पाउने बाटो खुलेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा ५ सय ७५ जना विद्यार्थीहरू दीक्षित हुन लागेका छन् । बिभिन्न प्राविधिक कारणले गर्दा २०६७ सालदेखि यता कार्यक्रम भएको थिएन । १० वटा शैक्षिक सत्रमा विश्व विद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एकवर्षे शिक्षा शास्त्री र बिएमएस उत्रिर्ण गरेका ४ हजार ७ सय ७३ मध्ये निवेदन दिएका ५ सय ७५ जना विद्यार्थी दीक्षित हुन लागेको हुन् ।विद्यावारिधि उपाधी हासिल गरेका १ सय २० जना, आचार्य तह उत्रिर्ण १ सय ४५ जना, शास्त्री तह उत्रिर्ण १ सय ६३, आयुर्वेद स्नातक उत्रिर्ण ५७ र एक वर्षे शिक्षा शास्त्री उत्रिर्ण गरेका ९० जना दीक्षित हुने विश्वविद्यालयले जनाएको छ । २०५४ सालबाट दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ सालमा चौथो दीक्षान्त समारोह गरेको थियो ।
यस्तै विश्वविद्यालयमा दीक्षान्त समारोह हुने भएपछि विश्वविद्यालयको उत्तर तर्फको प्रवेशद्वार देखि पूर्व तर्फको प्रवेशद्वार सम्मको १ सय ७२ मिटर सडक कालोपत्रे भएको छ । लुम्बिनी प्रदेश सरकारको १० लाख बजेटमा ४ मिटर चौडाई र १ सय ७२ मिटर लम्बाइ रहेको सडक कालोपत्रे गरिएको हो ।

प्रकाशित : ३० जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६