खेलकुद

एसिया कप २०२३ पाकिस्तान र श्रीलङ्कामा हुने




काठमाण्डौ, ३२ जेठ । एसिया कप २०२३ पाकिस्तान र श्रीलङ्कामा हुने पक्का भएको छ । एसिया कप आउँदो अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुने एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार जानकारी दिएको छ ।

एकदिवसीय फर्म्याटमा हुने एसिया कप यस पटक हाइब्रिड मोडलमा हुन लागेको हो । जसअन्तर्गत प्रतियोगिताका चार खेल पाकिस्तान र बाँकी नौ खेल श्रीलङ्कामा हुनेछ । भारतले पाकिस्तान जान नमानेपछि प्रतियोगिता दुई ठाउँमा खेलाइने भएको हो ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । नेपालले अघिल्लो महिना घरेलु मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो ।

नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । नेपालले पाकिस्तानसँगको खेल पाकिस्तानमै खेल्नेछ ।
समूहका शीर्ष २ ले ‘सुपर फोर’ मा ठाउँ बनाउनेछन् । ‘सुपर फोर’ बाट शीर्ष २ टोली फाइनलमा पुग्नेछन् ।

यसअघि भारत र पाकिस्तानको आन्तरिक राजनीतिक विवादका कारण एसिया कप हुने वा नहुनेमा अन्योल थियो । यही कारण अहिलेसम्म प्रतियोगिताको ठाउँ र तालिका सार्वजनिक भएको थिएन ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६