खोज–अनुसन्धान

अबैध उत्खननका क्रममा २ जेसिवि र टयाक्टर पक्राउ




बुटवल १ जेठ । पाल्पाको तिनाउ गाउँपालिकामा अवैध रुपमा नदी उत्खनन्का लागि प्रयोग गरिएका २ जेसिबी र २ वटा ट्याक्टरलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । तिनाउ(३ बेसीबाट जसिबी र ट्यनक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।नदीमा अवैध रुपमा ढुङ्गा उत्खनन् गरिरहेको अवस्थामा ग १ क ४१०५ र ग १ क ५०२५ नम्बरको जेसिबी नियन्त्रणमा लिइएको हो । यसैगरी ना ३ त ९१६३ र लु २ त ३६१२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सबैलाई आवश्यक कारबाहीका लागि तिनाउ गाउँपालिकालाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए । जेसीबी र ट्याक्टरसहित पक्राउ परेका चालक तथा सञ्चालकहरुको बारेमा भने प्रहरीले विवरण खुलाएको छैन ।

प्रकाशित : १ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६