पार्वती पाण्डे
कपिलवस्तु २ जेठ ।नेकपा एमालेकी केन्द्रिय सचिव एवम लुम्विनी प्रदेश इन्चार्ज पदमा अर्यालले रास्वपाको भविश्यवारे टिप्पणी गर्दै नेपालमा होहल्ला र रुवावासी जवसम्म बिक्छ रास्वपा त्यहा सम्म टिक्छ भन्नु भएको छ। यसको कुनै निति सिद्धान्त र दर्शन नभएको नकारात्मकताको गर्भवाट यसको उदय भएको भन्दै यो एमालेको कुनै राजनैतिक प्रतिस्पध्र्रीं नै नहुने ठोकुवा गर्नु भयो ।
नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको ११ औं पुर्ण वैठकलाई शनिवार कपिलवस्तुको पिस हिमालयन रिर्सोटमा सम्बोधन गर्दै लुम्विनी प्रदेश इन्चार्ज एवं पुर्व मन्त्री अर्यालले जिल्लाले गर्ने कामको वार्षिक योजना बनाउनु पर्ने , जनसंगठन परिचालन सँग जोडिएर कार्ययोजना आउदा राम्रो हुने प्रष्ट्याउनु भयो । नेता अर्यालले भेला र प्रशिक्षण फरक फरक विषय वस्तु भएकाले सोहि अनुसारको कार्य गर्नु पर्ने जनाउनु भयो । देशको बदलिदो परिस्थिती अनुसार भेला र प्रशिक्षण गर्नु पर्ने उहाँको भनाई थियो । एउटा वडाबाट १० जना नेता तयार गर्नु पर्ने पाटीले निति ल्याएको प्रष्ट्याउदै नेता अर्यालले कार्यकर्तालाई व्यापक रुपमा प्रशिक्षीत गरेर लैजानु पर्ने बताउनु भयो । केन्द्रीय सर्कुलर अनुसार पाटीले काम गर्नु पर्ने साथै जिल्लाको आवश्यकता अनुसार कार्ययोजना बनाउनु पर्ने नेता अर्यालले बताउनु भयो ।
बनाएका कार्ययोजना कम्तिमा ७५ प्रतिशत लागु गर्नु पर्ने स्पष्ट पार्दै कांग्रेसलाई मन नपराउनेहरु एमालेमा आउने बताउनु भयो । गएको निर्वाचनमा पपुलरको हिसाबले एमाले पहिलो भएको जनाउदै जनताले आज पनि मन पराउने पाटी एमाले भएको जनाउनु भयो । विचलनका संकेत देखिएको भन्दै त्यतातिर ध्यान पुर्याउनु पर्ने उहाँले बताउनु भयो । सन् २०३० सम्म मानव सुचांकमा धैरै अगाडि जाने भन्दै समृद्ध नेपाल सुखी नेपाली एकालेको नारा भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै पाटी पोलिटब्युरो सदस्य एवं कपिलवस्तु इन्चार्ज खिमलाल भट्राईले आफुले पाएको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पादन गर्नु पर्ने बताउनु भयो । वैठकमा गरेका निर्णय कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । कार्यकर्ता र जनताले पत्ताएको नेताले नेतृत्व गर्न सक्ने उहाँको धारणा थियो । विषयमा छलफल गर्नु , निर्णय लिनु र सहभागीलाई उत्साहित गरेर पठाउनु नै वैठक महत्वपुर्ण हुने नेता भट्राईले जनाउनु भयो । असारको १५ भित्र सदस्यता नबिकरण गरिसक्नु पर्ने बताउदै युवा , विद्यार्थी लगायतका जनवगिय संगठनलाई उनीहरुको समस्यालाई ध्यानमा राखि मुद्धामा हिडाउनु पर्ने तर्क गर्नु भयो ।
घुस , कमिशन , भष्ट्राचार गरेर पाटीको काम कदापी गर्न नहुने उहाँले स्पष्ट पार्नु भयो । जनधप्रतिनिधिहरु जनतासँग भन्ने कार्यक्रमलाई पाटीले अगाडि बढाउने बताउदै युवा नेता भट्राईले अन्तरघातीले चुनाब कहिल्लै नजित्ने तर्क गर्नु भयो । पाटीका केन्दीय सदस्य एवं पुर्व मन्त्री वृजेस कुमार गुप्ताले पाटीका वैठक पाटीलाई गति दिनका लागि अगाडि बढाउनका लागि भएको बताउदै वैठकमा सबै कुराहरु छलफल गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । आफु सुध्रिर अगाडि बढेर अरुलाई सुध्रार्न सकिन्छ , उहाँले भन्नु भयो । भ्रष्ट्राचारलाई रोक्नु पर्ने , वेरोजगार युवाहरुलाई देशमै रोजगार दिलाउन एमालेले कार्य अगाडि बढाउनु पर्ने बतााउनु भयो ।
कार्यक्रममा पाटी केन्द्रीय सदस्य एवं कपिलवस्तु सह इन्चार्ज शुसिल कुमार श्रीवास्तवले युवापक्तिंलाई पाटीमा विभिन्न अवसर दिएर लैजानु पर्ने बताउनु भयो । लुम्विनी प्रदेश अध्यक्ष राधा कृष्ण कडेलले पाटीमा एमाले हुने तर निर्वाचनका बेला पाटीलाई सहयोग नगरेको पाइएको बताउनु भयो । आफुले भनेको भए ठिक नभए बेठिक जुन प्रवित्ति छ , त्यसलाई हटाउनु बताउनु भयो । तर पनि संघ , प्रदेश र स्थानीय तहको निर्वाचनमा पाटीलाई जिताएकोमा सबैलाई धन्यवाद दिनु भयो ।
अब पाटीलाई परिमार्जित गरेर लैजानु पर्ने बताउनु भयो । समानुपातिकमा लोकप्रिय मत र पाटीलाई पहिलो बताउने काम भएको छ । जिम्मेवारी अनुसार काम गर्न सबै कार्यकर्तालाई आग्रह गर्नु भयो । अब पाटीले नियमित रुपमा कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । साथै प्रदेशले प्रशिक्षण चलाउनका लागि वुटवल , दाड , बाँके केन्द्र बनाउने बताउनु भयो । पाटी अध्यक्ष डम्मर शर्माले कार्ययोजना प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । प्रस्तावहरुलाई सर्वसम्मत रुपमा पारित गरिएको थियो । वैठकमा निर्वाचन क्षेत्र नं १बाट विश्वकार्की , क्षेत्र नं २ बाट शुसिला दर्लामी र क्षेत्र नं ३ बाट सिवी गहतराजले आ आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा पाटीले गरेका काम , नविकरण , पाटी काम गर्दाका समस्या लगायतका विषय वस्तुहरु प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया