कपिलवस्तु ४ असार । दक्षिण भारतीय चलचित्र ुआदिपुरुषुको विवादित संवाद नसच्चाइएको भन्दै आज सोमबारदेखि काठमाडौं र पोखरामा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइने भएको छ।
काठमाडौं महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भएको सीता भारतको छोरी हुन्ु संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी बताएको छ।
महानगरपालिकाले बिहानैदेखि हलहरूमा नगर प्रहरी खटाउने भएको छ।ुकाठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ, महानगर प्रमुख बालेन्द्र शाहले बताएका छन्।
यसैगरी पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ।
४ असार २०८०, सोमबार
प्रतिक्रिया