अन्तर्राष्ट्रिय

आदिपुरुषका पटकथा लेखक मनोज मुम्बई प्रहरीको सुरक्षामा




एजेन्सी ४ असार । मुम्बई प्रहरीले आदिपुरुषका पटकथा लेखक मनोज मुन्तशिरलाई सुरक्षा प्रदान गरेको छ। आदिपुरुष फिल्मका संवादलाई लिएर उनको आलोचना भइरहेको छ। ज्यान मार्ने धम्की मिलेपछि आदिपुरुषका संवाद लेखकसमेत रहेका उनले प्रहरीसँग सुरक्षा मागेका थिए।प्रहरीले उनले पाएको ुडेथ थ्रेटुबारे अनुसन्धान भइरहेको जनाएको छ। भारतमा कट्टरपन्थी हिन्दुवादी समूहले आदिपुरुषको विरोध गर्दै आइरहेका छन्। विरोध पछि निर्माण टिमले फिल्मका केही संवाद संशोधन गर्ने घोषणासमेत गरिसकेका छन्।नेपालमा समेत आदिपुरुषको संवादलाई लिएर विरोध भइरहेको छ। मनोजले नेपाल भारतबाट छुटिएको र भारत र नेपालको राष्ट्रियता एउटै रहेको झुटो तर्कसमेत गरेका थिए। हाल यो फिल्मको प्रदर्शन नेपालभर रोकिएको छ।

प्रकाशित : ४ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६