खोज–अनुसन्धान

हुण्डी कारोवारी एक महिला ३३ लाख रुपैयाँ सहित पक्राउ



बुटवल ६ असार ।हुण्डीको कारोवार हुने गरेको सुचना पाएको काठमाण्डौ प्रहरीले बौद्धको एक हस्तकला पसलमा छापा मारेर श्रोत नखुलेको साढे ३३ लाख रुपैयाँ बरामद गरेको छ। उक्त रकम हुन्डीको हुन सक्ने प्रहरीको आशंका छ।
काठमाडौं प्रहरी परिसरका अनुसार हुण्डीको कारोबार भइरहेको आशंकामा हिमालय हस्तकला पसलमा छापा मारिएको थियो। प्रहरीले पसलमा काम गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेमा मनाङ हिस्याङ गाउँपालिका ४ की ३० वर्षीया कर्मा ल्यामो गुरूङ छन्।
हुन्डीको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त बौद्धबाट डिएसपी हरि बस्नेतको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको पप्रहरीले जनाएको छ।

प्रकाशित : ६ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६