खेलकुद

वेष्ट इन्डिजसँगको खेलमा नेपालले टस जितेर पहिला बलिङ रोज्यो



असार ७, काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । यो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । वेष्ट इन्डिजले पहिला ब्याटिङ गर्नेछ ।नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो ।

समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो ।दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

समान २÷२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र एक खेल खेलेको नेदरल्याण्ड्स पुछारमा छ । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् ।त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् । 

प्रकाशित : ७ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६