कपिलवस्तु ९ असार । कपिलवस्तुको मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने क्रममा भएको विवादले उग्ररुप लिएको छ । जसका कारण पटनाका स्थानीय सुकुम्वासीले बनका शशस्त्र बनरक्षकमाथि आक्रमण गरेको आरोप लगाउदै जिल्ला बन कार्यलयका प्रमुख विजयराज सुबेदीले स्थानीयमाथि कुटपिट गर्न आदेश दिएपछि दुबै तर्फ केहि घाइने भएका छन्।डिएफओ सुबेदी यस अघिवाटै बनतस्करी र आर्थिक अपचलनमा विवादित हुदै आएका छन् ।जनता र वनकर्मचारी बीच विवाद बढेको थाहा पाएर घटनास्थल पुगेका वाणगंगा १० का वडाध्यक्ष यम प्रसाद पोखरेललाई सकुम्वासीको पक्षमा वकालत गरेको भन्दै डिएफओ सुबेदीले बनरक्षक लगाई पक्राउ गरेर जिल्ला वन कार्यलयको थुनुवा कक्षमा पुराएका छन् । वडाध्यक्ष हिजो साझ देखि जिल्ला बनको हिरासतमा राखिएका छन् ।
यता कपिलवस्तुको बाणगंगा नगरपालिकाले मायादेवी साझेदारी वनलाई पत्रकाटी आफ्नो अधिकार प्रयोग गर्दा कर्तब्य नभूल्न आग्रह गरेको छ । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापनको काम नगरले सुकुम्वासी समाधान आयोग मार्फत गरि रहेकाले यस प्रकारको वितण्डा नमच्चाउन आग्रह गरिएको छ ।
यता साझेदारी बनको समन्वयमा जिल्ला बन कार्यालयले गरेको कार्य प्रति विरोध जनाउदै शुक्रबार बसेको जिल्ला स्तरीय सर्वदलिय बैठकले संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा बन सिमाना छुट्याउने नाममा स्थानीय सरकार संग कुनै समन्वय नगरि जातिय सद्भाव विगारी जनस्तरलाई आताङकीत गर्ने कार्य प्रति सबै राजनैतिक दलको गम्भिर ध्यानआकृष्ट भएको उल्लेख गरिएको छ । अव्यवस्थीत रुपमा सिमाना छुट्याउने कार्य बन्द गरि बार्ता र सहकार्यको आधारमा आगाडी बढ्न आग्रह समेत गरिएकोछ । अन्यथा भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले उठाउने न्यायपुर्ण आवाजमा राजनितीक दलहरुको समेत एक्यबद्धता रहने विज्ञप्तीमा उल्लेख गरिएको छ ।सयौ बनरक्षक ,नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरि सुकुम्वासी उटाउने भन्दै ३ दिनदेखि पटना क्षेत्रलाई आतंकित पारेको विज्ञप्तीमा उल्लेख छ ।
दलहरुले भनेका छन् डिएफओ होसमा आउ आतंक नमच्चाउ । सो सर्बदलिय बैठकपछिको विज्ञप्तीमा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर प्रसाद शर्मा नेपाली कांग्रेसका जिल्ला सचिव शक्ति सिंह ठकुरी , नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विष्णु बेल्वासे , नेकपा माओवादी विप्लव समुहका नेता संघ प्रसाद थारु लगायतले हस्ताक्षर गर्नु भएको ।
९ असार २०८०, शनिबार
प्रतिक्रिया