अर्थ-वाणिज्य

लुम्विनीका अलपत्र बिधुतिय बस र भ्यानलाई निकास दिन राष्ट्रिय सभामा बहश




बुटवल ११ असार । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लुम्बिनी विकास कोषमा रहेका विद्युतीय बस र भ्यानको प्लेट परिवर्तन गराउन संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । लुम्बिनी प्रदेश सरकारले गरेको निर्णयअनुसार यातायात व्यवस्था कार्यालय रुपन्देहीले प्लेट परिवर्तन नगरेको सन्दर्भमा संघीय सांसद घिमिरेले यो विषयमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै रुपन्देही क्षेत्र नम्बर ५ का सांसद घिमिरेले प्लेट परिवर्तन नहुँदा अनुदानमा प्राप्त सवारीसाधन सञ्चालनमा आउन नसकेको उल्लेख गरे । अनुदानका सवारी सञ्चालनमा ल्याउन नसक्दा वृहत्तर लुम्बिनी पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुले चरम सास्ती भोग्नु परेको उल्लेख गरे ।

प्रकाशित : ११ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६