कपिलवस्तु १२ असार । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले सार्वजनिक सवारीसाधनले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई दिन अनुरोध गरेको छ ।जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत छुट दिन सवारीसाधन करमा लुम्विनी प्रदेश सरकारले ६० प्रतिशत कर छुट गरेको कार्यालयले जनाएको छ ।कार्यालय प्रमुख केशव सुनारले सबै खालका सार्वजनिक सवारीसाधनलाई नियमानुसार भाडामा छुट दिन अनुरोध गरेको छ । यदि कोही कसैले तोकिएका समूहलाई भाडामा छुट नदिए कडा कारबाही गरिदने उहाँले बताउनुभयो ।पछिल्लो समय पाल्पामा सञ्चालित सवारीसाधनले भाडामा छुट नदिएको भन्दै विद्यार्थीलगायतका समूहले शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।
१२ असार २०८०, मंगलबार
प्रतिक्रिया