अर्थ-वाणिज्य

ठगीको आरोपमा पप्पु कन्ट्रक्सनका सञ्चालक एवं पूर्वसांसद रौनियार पक्राउ




काठमाडौँ १५ असार। एक करोडभन्दा बढी ठगीको आरोपमा पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक एवं पूर्वसांसद हरिनारायण रौनियार पक्राउ परेका छन् । उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए । रौनियारविरुद्ध गत वैशाखमै बाँके प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।रौनियारलाई बाँके पठाउने तयारी भइरहेको प्रवक्ता कडायतले जनाए । तत्कालीन संघीय समाजवादी फोरमका नेता रौनियार २०७४ को निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए ।पप्पु कन्ट्रक्सनले देशका विभिन्न ठाउँमा आयोजनाको निर्माण जिम्मा लिएर कामै नगरी अलपत्र पार्ने गरेको छ ।गत असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तर कायम नगरी भ्रष्टचार गरेको भन्ने विषयमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६