कृषि

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था तेस्रो बर्षमा, स्थानिय उत्पादन र प्रर्वद्धनमा जोड




हरि घिमिरे, १६ असार ।
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था दोस्रो बर्ष पुरा भएर तेस्रो बर्षमा प्रवेश गरेको छ । २०७८ असार १५ गते बाणगङ्गा नगरपालिकालाई कार्य क्षेत्र बनाई क्रियाशील रहेका समान एवं फरक प्रकृतिका ६ वटा सहकारी संस्था एकीकरण भए पश्चात तेस्रो बर्षमा प्रवेश गरेको हो ।


संस्थाले असार १५ गते शुक्रवार एक कार्यक्रमका विच दोस्रो बार्षिक उत्सव मनाएको छ । संस्थाको प्रधान कार्यालय चार नम्बरमा संस्थाका पदाधिकारी, कर्मचारी लगाएतको उपस्थीतिमा दिप प्रज्वलन गरेर उत्सव मनाएको हो ।


यसैविच सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण बेल्बासेले वर्तमान परिवेशलाई समेत ध्यानमा राख्दै सहकारीहरुलाई उत्पादन र सदस्यमुखी भई कार्यसम्पादन गर्नु सहकारीको उदेश्य रहेको बताउनु भयो । उहाँले लागतलाई मितव्ययी बनाउन, पुँजीलाई उपलब्धिमुलक रुपमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । सहकारीको दोस्रो बार्षिक उत्सवको अवसरमा बोल्दै अध्यक्ष बेल्बासेले यस्तो बताउनुभएको हो ।


कार्यक्रमका अध्यक्ष समेत रहनुभएका बेल्बासेले स्थानिय कृषि, कृषि जन्य उद्यम, बजार प्रवद्र्धन, उद्यमशिलता विकास, रोजगार प्रवद्र्धन, बचत तथा ऋण परिचालन एवं सदस्यहरुले आश्यकता अनुसार कर्जा दिन सकिने बताउनु भयो । अध्यक्ष बेल्बासेले सहकारीले लुम्बिनी प्रदेशका १२ वटै जिल्ला लाई कार्यक्षेत्र बनाई सकेको जानकारीदिदैं आगामी दिनहरुमा दिर्घकालीन रणनैतिक योजना, पञ्चवर्षीय व्यवसायीक योजना र त्यसका आधारमा तय गरिने वार्षिक नीति, बजेट तथा कार्यक्रमका आधामा विस्तृत कार्ययोजना निर्माण गरी सहकारीलाई निर्दिष्ट गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


हाल सहकारीमा १० हजार ५ सय सदस्य रहेका छन् । सहकारीले सेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न रणनितीक योजना बनाएको जनाएको छ ।


सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेको अध्यक्षता, संस्थाका उपाध्यक्ष कुलराज पौडेलको स्वागत मन्तब्य तथा सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम समपन्न भएको थियो ।

प्रकाशित : १६ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६