ब्रेकिंग न्युज

लुम्बिनी प्रदेशमा १०९ पालिकामध्ये ८० पालिकाले मात्र बजेट ल्याए




कपिलवस्तु १८ असार । सात सय ५३ स्थानीय तहमध्ये चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् ।अझै ३०७ पालिकाले बजेट सार्वजनिक गर्न नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।स्थानीय तहले असार १० गतेभित्र आवको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि असार १७ गतेसम्म करिब ४२ प्रतिशत स्थानीय तहले बजेट ल्याउएका छन ।
लुम्बिनी प्रदेशमा एक सय नौ पालिकामध्ये ८० पालिकाले बजेट ल्याएका छन् र २९ पालिकाले ल्याउन बाँकी छ । अहिलेसम्म कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६२ पालिकाले बजेट ल्याएका छन भने १७ स्थानीय तहले बजेट ल्याएका छैनन । गण्डकी प्रदेशबाट ८५ स्थानीय तह रहेका छन तर ६४ पालिकाले बजेट ल्याए भने अझै २१ पालिकाले ल्याएका छैनन् ।सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ५० वटा तहले बजेट ल्याएका छन् ।बागमती प्रदेशका एक सय १९ पालिकामध्ये ६३ वटा, कोशी प्रदेशबाट एक सय ३७ मध्ये ६९ वटा र मधेस प्रदेशबाट एक सय ३६ पालिकामध्ये जम्मा ५८ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् ।केही पालिकाले भने बजेट ल्याए पनि मन्त्रालयको वेबसाइटमा प्रविष्ट नगरेकाले तथ्याङ्कमा नदेखिएको हुनसक्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १८ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६